अन्धकारमुक्ति साकोसको आयोजनामा कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न

यस संस्थाको आयोजनामा कर्मचारीहरुको क्षमता विकास तालिम यही फागनु १६ १७ गते सम्पन्न भएको कार्यक्रम संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको थियो जन उत्थान साकोसका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापा राष्टिय सहकारी बैंक लुम्विनि प्रदेश प्रमुख नारायण वेलवासेको सहजीकरण तथा प्रशिक्षणमा संचालन भएको कार्यक्रमको समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ््स्कून संचालक समिति सदस्य ज्ञानु पौड्याल रहनु भएको थियो प्रमुख अतिथि पौड्यालले समय समयमा हसियालाई धार लगाउनु परे जस्तै कर्मचारीहरुलई पनि पुर्नताजकिकरण गर्न तालिम आवश्यक पर्ने धारणा व्यक्त गर्नु हुँदै तालिम तालिमकालागि मात्र नभई राम्रा कुरा व्यवहारमा ल्याउनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो तालिम समापनको अवसरमा सहभागिहरुलाई प्रमाण प्रत्र प्रदान गरिएको थियो संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन संस्थाको ऋण अधिकृत रामचन्द्र ढुङ्गानाले गर्नु भएको थियो कार्यक्रममा अन्धकारमुक्ति साकोसमा कार्यरत ३३ जना कर्मचारीहरुको सहभागिता रहेको थियो